इजरायलमा नेपालीका लागि काम खुल्यो, मासिक दुई लाख कमाइ



हाम्रो इकोनोमि

 

 

इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ।मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ।

जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ। बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ।

केयरगिभरमा जान के–के योग्यता चाहिन्छ?

– नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।

– उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।

– तौल ४५ केजी।

– शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

– अंग्रेजी भाषमा दक्ष।

– शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...