महन्थले प्रधानमन्त्री पनि गुमाए, पार्टी अध्यक्ष पनि



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लाग्दा ठाकुर फरक धारमा गए । उनी ओलीको समर्थन गर्न पुगे ।

ओलीविरुद्ध गठबन्धन बन्दै गर्दा महन्थ ठाकुर प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । गठबन्धनभित्र ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गयो । तर, उनले प्रधानमन्त्री बन्नेमा चाहना देखाएनन् या बनाउँदैनन् भन्ने ठानेर ओलीकै समर्थक बनिरहे । ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर पक्षका ११ जना मन्त्री समेत भए । तर, उनीहरु ३ हप्ता पनि सरकारमा टिक्न सकेनन् ।

घटनाक्रम यसरी विकास भयो कि प्रतिनिधि सभा विघटनको ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बहुमत सांसदको समर्थन दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । ओली सरकार ढल्यो । ठाकुर पनि कमजोर भए ।

जसपाभित्र ठाकुरलाई सांसद र कार्यकारिणी समितिका सदस्यले छाड्दै गए । जसपा विवादमा हेड काउन्ट गर्दा ११ साउनमा ठाकुरको पक्षमा १६ मा देखिए । उपेन्द्र यादव पक्षमा ३४ देखिएपछि आधिकारिकता उनकै पक्षमा गयो । अब ठाकुर जसपाको आधिकारिकता गुमाउन पुगेका छन् । उनले कि त उपेन्द्र यादव पक्षको निर्णय मान्नुपर्छ कि त पार्टी फुटाएर जानुपर्छ । पार्टी फुटाएर जाँदा सांसद पद नै गुम्न सक्छ । यसले जसपामा पकड बनाएका ठाकुर अहिले जसपा पार्टी नै गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...