महन्थले प्रधानमन्त्री पनि गुमाए, पार्टी अध्यक्ष पनि



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लाग्दा ठाकुर फरक धारमा गए । उनी ओलीको समर्थन गर्न पुगे ।

ओलीविरुद्ध गठबन्धन बन्दै गर्दा महन्थ ठाकुर प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । गठबन्धनभित्र ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गयो । तर, उनले प्रधानमन्त्री बन्नेमा चाहना देखाएनन् या बनाउँदैनन् भन्ने ठानेर ओलीकै समर्थक बनिरहे । ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर पक्षका ११ जना मन्त्री समेत भए । तर, उनीहरु ३ हप्ता पनि सरकारमा टिक्न सकेनन् ।

घटनाक्रम यसरी विकास भयो कि प्रतिनिधि सभा विघटनको ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बहुमत सांसदको समर्थन दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । ओली सरकार ढल्यो । ठाकुर पनि कमजोर भए ।

जसपाभित्र ठाकुरलाई सांसद र कार्यकारिणी समितिका सदस्यले छाड्दै गए । जसपा विवादमा हेड काउन्ट गर्दा ११ साउनमा ठाकुरको पक्षमा १६ मा देखिए । उपेन्द्र यादव पक्षमा ३४ देखिएपछि आधिकारिकता उनकै पक्षमा गयो । अब ठाकुर जसपाको आधिकारिकता गुमाउन पुगेका छन् । उनले कि त उपेन्द्र यादव पक्षको निर्णय मान्नुपर्छ कि त पार्टी फुटाएर जानुपर्छ । पार्टी फुटाएर जाँदा सांसद पद नै गुम्न सक्छ । यसले जसपामा पकड बनाएका ठाकुर अहिले जसपा पार्टी नै गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...