भीम रावललाई च्याप्दै ओली, को-को भए आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पाल्पा पुगेर पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने समेत बताएर एमालेको राजनीति निर्णायक मोडमा पुगेको संकेत गरेका छन् ।

एमाले अध्यक्ष  केपी शर्मा ओलीले माफी मागेर आएमा माधव नेपाललाई स्वागत गर्ने बताइसकेका छन् । तर, नेपालले ओलीले गल्ती गरेकाले उल्टै माफी माग्नुपर्ने बताएका छन् । यसबाट अब एमाले नमिल्ने निश्चितप्रायः भएको छ । सम्भवत यसै हप्ता एमाले विवादको टुंगो लागिसक्ने गरी कदम चाल्ने तयारीमा ओली पक्ष देखिन्छ ।

माधव नेपालको पूर्ण साथ छाडेर तटस्थ भूमिकामा रहेकाहरुलाई ओलीले महत्वपूर्ण जिम्मेवारी दिएर साथमा लिने रणनीति बनाइसकेका छन् । उपाध्यक्ष भीम रावलले एमालेमा विशेष जिम्मेवारी पाउन सक्ने बुझिएको छ । माधव नेपाललाई छाडेर उनी पक्षका हस्तीहरुलाई तान्ने गरी ओली लागेका छन् ।

रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यलाई विशेष जिम्मेवारीको प्रस्ताव पुगेको बुझिएको छ । रावलले पनि नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । उनलाई सार्वजनिक रुपमै नेपालले व्यङ्ग्य गरिसकेका छन् । प्रचण्डले पनि रावललाई कडा प्रहार हुनेगरी अभिव्यक्ति दिएका छन् । रावल ओली पक्षमा पुगिसकेको संकेतका रुपमा यसलाई बुझिएको छ ।

रावल ओली पक्षमा पुगेपछि बामदेव गौतम भने माधव नेपाल पक्षमा देखिएका छन् । गौतमलाई पनि पेल्ने ओलीको रणनीति देखिएको छ । नेपाल र गौतमलाई छाडेर ओलीले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतलाई स्थान दिन लागेका छन् ।

माधव नेपालले भने रावलसहितका नेताहरु नआएपछि बामदेव गौतमको सहयोगमा ३० भन्दा बढी सांसद आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । उनी त्यस अनुसार बाटो बनाउन लागिपरेका छन् । सम्भवतः यसै हप्ता एमाले विवादको टुंगोको चित्र स्पष्ट हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...