भीम रावललाई च्याप्दै ओली, को-को भए आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पाल्पा पुगेर पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने समेत बताएर एमालेको राजनीति निर्णायक मोडमा पुगेको संकेत गरेका छन् ।

एमाले अध्यक्ष  केपी शर्मा ओलीले माफी मागेर आएमा माधव नेपाललाई स्वागत गर्ने बताइसकेका छन् । तर, नेपालले ओलीले गल्ती गरेकाले उल्टै माफी माग्नुपर्ने बताएका छन् । यसबाट अब एमाले नमिल्ने निश्चितप्रायः भएको छ । सम्भवत यसै हप्ता एमाले विवादको टुंगो लागिसक्ने गरी कदम चाल्ने तयारीमा ओली पक्ष देखिन्छ ।

माधव नेपालको पूर्ण साथ छाडेर तटस्थ भूमिकामा रहेकाहरुलाई ओलीले महत्वपूर्ण जिम्मेवारी दिएर साथमा लिने रणनीति बनाइसकेका छन् । उपाध्यक्ष भीम रावलले एमालेमा विशेष जिम्मेवारी पाउन सक्ने बुझिएको छ । माधव नेपाललाई छाडेर उनी पक्षका हस्तीहरुलाई तान्ने गरी ओली लागेका छन् ।

रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यलाई विशेष जिम्मेवारीको प्रस्ताव पुगेको बुझिएको छ । रावलले पनि नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । उनलाई सार्वजनिक रुपमै नेपालले व्यङ्ग्य गरिसकेका छन् । प्रचण्डले पनि रावललाई कडा प्रहार हुनेगरी अभिव्यक्ति दिएका छन् । रावल ओली पक्षमा पुगिसकेको संकेतका रुपमा यसलाई बुझिएको छ ।

रावल ओली पक्षमा पुगेपछि बामदेव गौतम भने माधव नेपाल पक्षमा देखिएका छन् । गौतमलाई पनि पेल्ने ओलीको रणनीति देखिएको छ । नेपाल र गौतमलाई छाडेर ओलीले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतलाई स्थान दिन लागेका छन् ।

माधव नेपालले भने रावलसहितका नेताहरु नआएपछि बामदेव गौतमको सहयोगमा ३० भन्दा बढी सांसद आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । उनी त्यस अनुसार बाटो बनाउन लागिपरेका छन् । सम्भवतः यसै हप्ता एमाले विवादको टुंगोको चित्र स्पष्ट हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...