उपेन्द्रको पक्षमा ३४ जनाको हस्ताक्षर, आधिकारिकता यादव गुटले पाउने



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए।

यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ। डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले दाबी गरेका छन्।

यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरू यादव पक्षमा आएका छन्।  यसैबीच अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताए। उनीहरूले प्रतिगमनमा लागेको कुरा गल्ती स्वीकार गर्दै माफी मागेमा पार्टीमा स्थान दिइने यादवले बताए।

‘हामीले महन्थजी र राजेन्द्रजीहरूलाई कहिले लखेटेका छौं र? उहाँहरू जसरी प्रतिगमनको मतियार बन्नुभो। त्यो हाम्रो पार्टीको सिद्धान्तविपरीत हो। गल्ती मान्दै माफी माग्नुहुन्छ भने पार्टीले विचार गर्नेछ,’ उनले भने। बहुमत सदस्यको दाबीसँगै निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता यादव पक्षले पाउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...