रेशम चौधरी पनि निर्वाचन आयोगमा



हाम्रो इकोनोमि

 

 

जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् ।

अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेको बताईएको छ । महन्थ ठाकुरनिकट नेताहरु राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमै हस्ताक्षर गरेका छन् । जेलमा रहेका रेशम चौधरी पनि हेड काउन्टको लागि आयोगको कार्यालय पुग्दैछन् ।

उनले पनि यादव पक्षमै हस्ताक्षर गर्ने बताईएको छ । तर, ठाकुर पक्षले भने चौधरीले आफूहरुको पक्षमा हस्ताक्षर गर्ने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...