माधव नेपाल हरियो सर्प जस्तै : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । उनले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको समेत टिप्पणी गरेका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री हुनुमा विदेशीको पनि हात रहेको टिप्पणी गरेका हुन् । संविधानको अपव्याख्या गरी परमादेशबाट प्रधानमन्त्री बनेर देशलाई दुरगामी असर पार्ने काम गरेको भन्दै यसमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताए ।

ओलीले माधव नेपाल एमाले पनि नछाड्ने र एमालेभित्रै षड्यन्त्रमा लागिरहने गतिविधिमा संलग्न रहेको आरोप लगाए । उनले माधव नेपाललाई हरियो सर्पं भन्दै हरियो घाँसमा लुकेर षड्यन्त्र गरिरहेको आरोप लगाए ।

माधव नेपाललाई माफी या कारबाही जे गर्ने हो पार्टीले फैसला गर्ने बताए । पार्टीको निर्णयबमोजिम आफू पनि चल्नुपर्ने भन्दै आफैले कारबाही वा माफी दिन नसक्ने स्पष्ट पारे । नेकपा माओवादी केन्द्र अरुबाट प्रभावित भइरहेको आरोप लगाएका छन् । उनले नाम उल्लेख नगरी माओवादीको टुप्पी अर्कैको हातमा रहेको टिप्पणी गरेका हुन् ।

‘माओवादीको टुप्पी अर्कैको हातमा छ ,’ ओलीले भने । उनले माओवादी एमालेविरुद्ध षड्यन्त्रमा लागेको आरोप समेत लगाए । तर, एमालेभित्रै केही नेताहरु माओवादीसँग मिलेर षड्यन्त्रमा लागेको उनको आरोप थियो । माओवादी एमाले फुटाउने षड्यन्त्रमा लागेको संकेत गर्दै एमाले भन्नेहरु नै अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउनतर्फ लागेर गम्भीर षड्यन्त्रमा संलग्न भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...