माधव नेपाल हरियो सर्प जस्तै : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । उनले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको समेत टिप्पणी गरेका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री हुनुमा विदेशीको पनि हात रहेको टिप्पणी गरेका हुन् । संविधानको अपव्याख्या गरी परमादेशबाट प्रधानमन्त्री बनेर देशलाई दुरगामी असर पार्ने काम गरेको भन्दै यसमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताए ।

ओलीले माधव नेपाल एमाले पनि नछाड्ने र एमालेभित्रै षड्यन्त्रमा लागिरहने गतिविधिमा संलग्न रहेको आरोप लगाए । उनले माधव नेपाललाई हरियो सर्पं भन्दै हरियो घाँसमा लुकेर षड्यन्त्र गरिरहेको आरोप लगाए ।

माधव नेपाललाई माफी या कारबाही जे गर्ने हो पार्टीले फैसला गर्ने बताए । पार्टीको निर्णयबमोजिम आफू पनि चल्नुपर्ने भन्दै आफैले कारबाही वा माफी दिन नसक्ने स्पष्ट पारे । नेकपा माओवादी केन्द्र अरुबाट प्रभावित भइरहेको आरोप लगाएका छन् । उनले नाम उल्लेख नगरी माओवादीको टुप्पी अर्कैको हातमा रहेको टिप्पणी गरेका हुन् ।

‘माओवादीको टुप्पी अर्कैको हातमा छ ,’ ओलीले भने । उनले माओवादी एमालेविरुद्ध षड्यन्त्रमा लागेको आरोप समेत लगाए । तर, एमालेभित्रै केही नेताहरु माओवादीसँग मिलेर षड्यन्त्रमा लागेको उनको आरोप थियो । माओवादी एमाले फुटाउने षड्यन्त्रमा लागेको संकेत गर्दै एमाले भन्नेहरु नै अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउनतर्फ लागेर गम्भीर षड्यन्त्रमा संलग्न भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...