दल विभाजन अनुकूल हुने अध्यादेश ल्याउने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् । नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् ।

नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन ।

अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ । सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन ।

नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद बनाएर त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनका लागि अनुकूल हुने अध्यादेश ल्याउन लगाउने तयारी समेत गरेको बुझिएको छ । सम्भवतः नेपाल पक्षमा २० देखि ३० प्रतिशत सांसद पुग्दैछन् । त्यही अनुसार यसै हप्ता दल विभाजन सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...