दल विभाजन अनुकूल हुने अध्यादेश ल्याउने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् । नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् ।

नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन ।

अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ । सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन ।

नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद बनाएर त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनका लागि अनुकूल हुने अध्यादेश ल्याउन लगाउने तयारी समेत गरेको बुझिएको छ । सम्भवतः नेपाल पक्षमा २० देखि ३० प्रतिशत सांसद पुग्दैछन् । त्यही अनुसार यसै हप्ता दल विभाजन सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...