यती एअरलाइन्सको सहयोगमा एयरपोर्टको गेटमा नयाँ ट्राफिक लाईट



हाम्रो इकोनोमि

 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरि नयाँ जडान गरिएको
ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक
भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गर्नुभएको हो ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि
बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता
ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको वताउनुभयो । प्रबिधिमार्फत
सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक
अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताउनु भयो ।
हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, सम्बन्धित सरोकारवाला
निकाय बाहेक बिभिन्न संघ संस्था, बैंक बित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै
आईरहेका छौं । त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको
मुलगेटमा लाईट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत
ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना रहेको एसएसपी भट्टराईले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै एयरलाईन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले
सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक
प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताउनुभयो । उहाँले
काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या

समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो
कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र
प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखाले खेलेको
महत्वपुर्ण भुमिकाको प्रशंसा गर्नुभयो उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानिय
निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको
लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव
सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।
प्रहरी उपरीक्षक संजिव शर्मा दास, प्रवक्ता, ९८५१२८०३६२, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...