आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ूआईटी आर्मीू प्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् । बेथिति र विसंगतिका विरुद्ध लड्न तथा समाजवादी क्रान्तिका लागि वामपन्थी युवाहरुले गठन गरेको आईटी आर्मीको विषयमा जोडेर केही सञ्चार माध्यमले महेश बस्नेतले असहमति जनाएको भनी समाचार सम्प्रेषण गरेपछि पूर्वमन्त्री बस्नेतले स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री बस्नेतले आईटी आर्मीप्रति कुनै पनि असहमति नरहेको र स्रोत एवम् तथ्य बिनाको प्रायोजित अनलाईनहरुले भ्रम फैलाएकोमा आपत्ति जनाएका हुन् । कमरेड प्रभु साह संगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी,अनि साइबर सेना संगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।ू पूर्वमन्त्री बस्नेतले लेखेका छन् ।

दुनियाको मुनाफाखेर दलाल पूँजीपति वर्गलाई संगठित भई मजदुर किसान तथा सर्वहारावर्गलाई दमन गरिरहेकोले त्यसको विरुद्ध एकीकृत रुपमा खडा भई मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती, विकृति कुशासन, अस्थिरता एवम् अराजकता सहित सबै खाले दमन उत्पीडन एवं विभेदहरुलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा ूआईटी आर्मीू गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...