एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । हिजोमात्रै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्ठे स्पष्टीकरण सोधेका थिए । माधव नेपालसहित २२ जना सांसदहरुले आज उक्त स्पष्टीकरणको जवाफ दिएका हुन् ।

उनीहरुले बुझाएको स्पष्टीकरणमा भनिएको छ,‘“प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन । वास्तवमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो । तर त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनभयो । मिति २९७८ वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैँ प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतको कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् ।’

उनीहरुले अध्यक्ष ओलीबाट एकपछि अर्को गरेर अवैधानिक काम भएको भन्दै आफूहरु त्यसको विरोधमा उभिएको स्पष्ट पारेका छन् । तर, आजै एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई बाटो बिराएकाहरुको संज्ञा दिँदै पार्टीमा फर्किन आग्रह गरेका छन् । र, आममाफी पनि दिने ओलीको घोषणा थियो । उनले भने,‘आउनुहोस, अब पार्टीलाई एक बनाएर लैजाऔं । एम्नेष्टी ग्रान्टेड । आममाफी भयो ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...