राजीनामा फिर्ता लिन भीम रावलमाथि १३ सांसदको चर्काे दवाव



हाम्रो इकोनोमि

 

 

एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसदले चर्काे दबाब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दबाब दिनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उहाँको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको हो । निवासमै आइपुगेका टोलीलाई रावलले पार्टी एकताको लागि राजीनामा दिएको जानकारी दिनुभएको छ ।

माधव नेपालले शेरबहादुर देउवालाई भोट हाल्नुपर्छ भन्ने दवाव दिएपछि चरम अनैतिक काम गरिन्न भन्दै उपाध्यक्ष रावलले आइतबार बिश्वासको मत लिनुअगावै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...