ओली समूहको ३० सांसद चोर्ने दाउमा माधव नेपाल



हाम्रो इकोनोमि

 

 

मंगलवार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदसँग छलफल गरे । पार्टीले कारवाही गर्ने तयारी भइरहेका बेला आफूलाई साथ दिएका सांसदसँग उनले परामर्श गरेका थिए । छलफलमा विश्वासको मत दिने बेला केपी ओली समूह छाडेर माधव समूहमा लागेका ८ जना पनि सहभागाी थिए । आफू निकट रहेका ११ जना सांसद विश्वासको मत दिने बेला बाहिरिए पनि नेपालले ओली पक्षका सांसदको साथ पाएका थिए ।

भेलामा सहभागी सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले उत्साहित हुँदै माधव नेपाललाई दलको नेता बनाउन आफूले १५/२० जना सांसद ओली पक्षबाट तान्न सक्ने दावी गरेको अर्का एक सांसदले बताए । उनले ओलीलाई संसदीय दलमै अल्पमतमा पार्न सकिने उपाय बताएका थिए । एमालेका १ सय २१ जना सांसद छन् । ती मध्ये २२ जनाले माधव नेपाललाई साथ दिएर विश्वासको मत दिए । भीम रावलसहित ११ जना माधव नेपाल निकट सांसदहरु मतदान प्रक्रियामा सहभागी नभए पनि उनीहरु ओली पक्षमा नजाने आँकलन गरिएको थियो ।

मतदानमा सहभागी नभएकी पवित्रा निरौला खरेल, ओलम्पिकका लागि जापानमा रहेकी कुमारी तुलसी थापा र दिल्लीमा उपचाररत झलनाथ खनाल समेत जोड्दा माधव नेपाल पक्षमा प्रतिनिधिसभाका ३६ सांसद पुग्छन् । तर दलमा बहुमत पुर्‍याउन कम्तीमा ६१ जना सांसद आवश्यक पर्छ । किसान श्रेष्ठले उत्साही भएर १५/२० जना सांसद जुटाउँछु भने पनि त्यो संख्याले समेत बहुमत पुग्दैन । सोही भेलामा अरु केही सांसदले संसदीय दलमा केपी ओलीलाई अल्पमतमा पार्न कम्तिमा यो संसद रहेसम्म सम्भव नरहेको बताएका थिए ।

‘दुई चारजनालाई मन्त्री बनाउने वा अन्य कुरा गरेर तान्न सकिन्छ, कतिपय व्यक्ति ओली कमजोर भएपछि गुट छाड्न सक्छन् तर त्यति ठूलो संख्यामा ओली छाड्ने सम्भावना देखिन्न’ नेपाल निकट एक नेताले भने‘बरु केन्द्रीय कमिटीमा वहमुत जुटान्छ’ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...