एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ । आज विहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए । ओली नेतृत्वकाे अघिल्लाे सरकारसँग सम्झाैता गरी शान्तिपूर्ण राजनीतिमा आएकाे चन्द नेतृत्वकाे नेकपासँग त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।

एक साताकाे बीचमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...