अब एमाले र माधव नेपाल सँगै हिड्न सक्दैनन् : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् ।

शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधे लगत्तै बास्कोटाले देशभरका कार्यकर्तालाई एमाले वा माधव नेपालमध्ये एक रोज्न आग्रह गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन। तसर्थ देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...