देउवालाई विश्वासको मत नदिने भन्दै संसद भवनबाट निस्किए नेपाल समूहका सांसदहरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भएका छन्।

नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरू हुनुभन्दा पहिला नै उनीहरू संसद भवनबाट बाहिरिएका छन्। संसदमा  अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।

‘महन्थ ठाकुर र राजेन्द्र महतोजस्ता प्रतिगामीहरूले सरकारलाई समर्थन गर्ने भए। हाम्रो पार्टीमा विभाजन ल्याउनलाई केपी शर्मा ओलीलाई साथ दिनेहरू अहिले फेरि शेरबहादुर देउवालाई समर्थन गरेका छन्,’ रावलले भने,‘ यो अनैतिकता भयो। त्यसकारण हामी मतदान प्रक्रियामा भाग लिँदैनौं।’

आफूहरूको उद्देश्य संसद बचाउनु भएकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद बच्ने उद्देश्य पूरा भएको रावलले बताए।

रावलसँगै घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्टलगायत सांसदहरू संसद भवनबाट निस्किएका छन्। वरिष्ठ नेता नेपालसहित केही सांसदहरू भने संसद भवनमै छन्। यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अनैतिक काम भएको भन्दै राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...