प्रतिपक्षी बेञ्चमै बसेर देउवालाई सघाउने माधव समुहको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहितका २३ जना सांसद संसदमा प्रतिपक्षी बेञ्चमै बस्ने हुनुभएको छ । आजबाट शुरु हुने संसद अधिवेशनमा नेपाल समुह एमालेकै निर्णयअनुसार प्रतिपक्षी बेञ्चमा बस्ने निर्णयमा पुगेको हो ।

यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताउनु भयो । रावलले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताउनु भयो ।

‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन । त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं, रावलले भन्नुभयो । एमालेको माधव नेपाल समुहले देउवालाई विश्वासको मत दिने भन्दै लबिङमा छ तर बिश्वासको मत दिए एमालेमा रहने अवस्था भने सकिने छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...