प्रतिपक्षी बेञ्चमै बसेर देउवालाई सघाउने माधव समुहको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहितका २३ जना सांसद संसदमा प्रतिपक्षी बेञ्चमै बस्ने हुनुभएको छ । आजबाट शुरु हुने संसद अधिवेशनमा नेपाल समुह एमालेकै निर्णयअनुसार प्रतिपक्षी बेञ्चमा बस्ने निर्णयमा पुगेको हो ।

यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताउनु भयो । रावलले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताउनु भयो ।

‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन । त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं, रावलले भन्नुभयो । एमालेको माधव नेपाल समुहले देउवालाई विश्वासको मत दिने भन्दै लबिङमा छ तर बिश्वासको मत दिए एमालेमा रहने अवस्था भने सकिने छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...