एकताको पहल गरौं, दलको बैठक पनि रोकौं : रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू १५ मिनेट पनि नबसी फर्किएका छन् । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए । बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...