गृहमा घनश्याम भुसालको चर्चा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाल पक्ष विश्वासको मत दिएपछि सरकारमा पनि सहभागी हुने भएको छ । नेपाल पक्षलाई देउवाले ८ मन्त्रालय दिने टुंगो लगाएका छन् । नेपाल पक्षले गृह मन्त्रालय पनि पाउने सम्भावना रहेको बुझिएको छ ।

सरकारमा जाँदा नेपाल पक्षबाट गृहमन्त्रीमा बामदेव गौतम या घनश्याम भुसालमध्ये एक जाने गरी तयारी भएको छ । गौतम पछिल्लो समय नेपाल पक्षमा छन् । उनलाई उपप्रधानमन्त्रीसहित गृहमा लान नेपाल पनि सकारात्मक भएको बुझिएको छ ।

गौतम सरकारमा सहभागी नभए घनश्याम भुसाललाई गृह मन्त्रालयमा लाने गरी अग्रिम तयारी भएको छ । भुसाल नेपाल र गौतम दुवैका लागि स्वीकार्य नेता हुन् ।

यसैगरी, नेपाल पक्षले ८ मन्त्रालय पाउने भएपछि उनलाई छाडेर गएका प्रत्यक्ष निर्वाचित सांसदमध्ये केहीले फर्कनेबारे छलफल चलाएका छन् । कतिपयले मन्त्री पाउने भए फर्कनेबारे कुराकानी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...