गृहमा घनश्याम भुसालको चर्चा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाल पक्ष विश्वासको मत दिएपछि सरकारमा पनि सहभागी हुने भएको छ । नेपाल पक्षलाई देउवाले ८ मन्त्रालय दिने टुंगो लगाएका छन् । नेपाल पक्षले गृह मन्त्रालय पनि पाउने सम्भावना रहेको बुझिएको छ ।

सरकारमा जाँदा नेपाल पक्षबाट गृहमन्त्रीमा बामदेव गौतम या घनश्याम भुसालमध्ये एक जाने गरी तयारी भएको छ । गौतम पछिल्लो समय नेपाल पक्षमा छन् । उनलाई उपप्रधानमन्त्रीसहित गृहमा लान नेपाल पनि सकारात्मक भएको बुझिएको छ ।

गौतम सरकारमा सहभागी नभए घनश्याम भुसाललाई गृह मन्त्रालयमा लाने गरी अग्रिम तयारी भएको छ । भुसाल नेपाल र गौतम दुवैका लागि स्वीकार्य नेता हुन् ।

यसैगरी, नेपाल पक्षले ८ मन्त्रालय पाउने भएपछि उनलाई छाडेर गएका प्रत्यक्ष निर्वाचित सांसदमध्ये केहीले फर्कनेबारे छलफल चलाएका छन् । कतिपयले मन्त्री पाउने भए फर्कनेबारे कुराकानी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...