मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेकै छैन् : निर्वमान मन्त्री आले



हाम्रो इकोनोमि

 

 

निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाई विना आधारको आरोप लगाएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भएको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केपी शर्मा ओलीलाई छाड्ने पक्षमा आफु नरहेको र मन्त्री बनाउन मैले माग गरेको पनि छैन, निराधार आरोप लगाइयो, यस्तो गलत प्रचार नगरौँ ।”

ठूलै पद दिएपनि आफु कुनै हालतमा केपी शर्मा ओलीको साथ छाड्ने पक्षमा नरहेको उहाँको भनाइ छ । साथै उहाँले आफु मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको दाबी समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “मैंले शेरबहादुर देउवालाई भेटेको छैन, सत्य तत्थ्य बिनाका समाचार नलेख्नुस, प्रमाण छ म भेट्न भएको र मन्त्री पद मागेको ? भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अभवाह नफैलाउँ ।” निर्वतमान वन तथा वातावरणमन्त्री आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइ रहनु भएको छ ।

एमाले पार्टी एक हुनु पर्नेमा आफ्नो जोड भएकाले मैले मन्त्री पद माग्ने विषय भनेको कल्पना भन्दा बाहिरको कुरा भएको उहाँको जिकिर छ । आफुले कसैलाई पनि नभेटेको र मन्त्री बनाउनका लागि आग्रह पनि नगरेकाले गलत समाचार नलेखिदिन तथा नबुझिदिन समेत उहाँले सबैमा आग्रह गर्नु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...