मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेकै छैन् : निर्वमान मन्त्री आले



हाम्रो इकोनोमि

 

 

निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाई विना आधारको आरोप लगाएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भएको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केपी शर्मा ओलीलाई छाड्ने पक्षमा आफु नरहेको र मन्त्री बनाउन मैले माग गरेको पनि छैन, निराधार आरोप लगाइयो, यस्तो गलत प्रचार नगरौँ ।”

ठूलै पद दिएपनि आफु कुनै हालतमा केपी शर्मा ओलीको साथ छाड्ने पक्षमा नरहेको उहाँको भनाइ छ । साथै उहाँले आफु मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको दाबी समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “मैंले शेरबहादुर देउवालाई भेटेको छैन, सत्य तत्थ्य बिनाका समाचार नलेख्नुस, प्रमाण छ म भेट्न भएको र मन्त्री पद मागेको ? भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अभवाह नफैलाउँ ।” निर्वतमान वन तथा वातावरणमन्त्री आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइ रहनु भएको छ ।

एमाले पार्टी एक हुनु पर्नेमा आफ्नो जोड भएकाले मैले मन्त्री पद माग्ने विषय भनेको कल्पना भन्दा बाहिरको कुरा भएको उहाँको जिकिर छ । आफुले कसैलाई पनि नभेटेको र मन्त्री बनाउनका लागि आग्रह पनि नगरेकाले गलत समाचार नलेखिदिन तथा नबुझिदिन समेत उहाँले सबैमा आग्रह गर्नु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...