पूर्वमन्त्री आलेले भने : मैले देउवालाई भेटेको छैन



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री प्रेम आलेले आफू कुनै हालतमा केपी शर्मा ओलीलाई छाड्ने पक्षमा नरहेको बताएका छन् । मन्त्री बन्नका लागि कसैलाई नभेटेको बताए ।‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन,’ आलेले  भने,‘यो कपोकल्पित र भ्रामक खबर हो ।’

आलेले आफू ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेको बताए । उनले भने,‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन । ढाडको नशा च्यापिएर उपचार गराइरहेको छु ।’ आलेले पार्टी एक नभएकोमा भने आफू असन्तुष्ट भएको बताए । उनले भने, ‘म पार्टी एक नहुँदा निकै असन्तुष्ट छु ।’

यसअघि  ओली सरकारका पूर्वमन्त्रीहरु नै माधव गुटमा लाग्ने तयारीमा शिर्षकको खबरमा प्रेम आलेले पनि गुट परिवर्तन गर्न लागेको खबर प्रकाशित गरेको थियो ।  त्यसपछि आलेले सम्पर्क गरी प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...