माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन् : ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरोप लगाएका हुन् ।

माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको ओलीको भनाइ छ । माधवकुमार नेपालको अगुवाईमा आफूलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइएको बताउँदै ओलीले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको र उनलाई पार्टीमा क्षमा दिन नसकिने बताएका हुन् ।

ओलीले माधव नेपालाई पार्टीबाट निकालेरै छाड्ने संकेत गर्दै नेपाल पक्षका अन्य नेताहरूको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहे मौका दिने बताएका छन् । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नभएको ओलीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...