माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन् : ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरोप लगाएका हुन् ।

माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको ओलीको भनाइ छ । माधवकुमार नेपालको अगुवाईमा आफूलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइएको बताउँदै ओलीले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको र उनलाई पार्टीमा क्षमा दिन नसकिने बताएका हुन् ।

ओलीले माधव नेपालाई पार्टीबाट निकालेरै छाड्ने संकेत गर्दै नेपाल पक्षका अन्य नेताहरूको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहे मौका दिने बताएका छन् । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नभएको ओलीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...