एमालेका उपाध्यक्ष रावललाई धम्कीपूर्ण फोन आयो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका छन् । रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको बताएका छन् ।

रावलले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’

रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन् । रावलले आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको समेत प्रष्ट पारेका छन् ।

माधव नेपाल निवासमै बसिरहेका बेला विष्णु पौडेलको फोन आएको र रघु पन्तसहित बालुवाटार आउँछु भन्दा एक्लै आउन भनिएपछि एक्लै गएर पार्टी एकताको लागि कार्यदल सक्रिय गराउन ओलीलाई आग्रह गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...