संसदीय इतिहासमा कालो धब्बा पोतिएका यि २३ अनुहारहरु



हाम्रो इकोनोमि

 

 

 

नेपालको राजनीतिमा झण्डै २७ वर्षपछि इतिहासमा बिरलै दोहोरिने घटना दोहोरिएको छ । २०५१ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला देखिएको चरम बिकृत राजनीतिक घटना २०७८ सालमा दोहोरिएको हो ।

२०५१ सालमा आफ्नै पार्टीका ३६ जना सांसदहरुले सरकारको नीति कार्यक्रमका विपक्षमा मतदान गरेका थिए । त्यही प्रकरणबाट चिढिएर प्रधानमन्त्री कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । जुन घोषणालाई अदालतले सदर गरेको थियो ।
अहिले भने कांग्रेसका होइनन, एमालेका २३ जना सांसदले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा हस्ताक्षर बुझाएर पार्टीलाई सत्ताबाट ओरालेका छन् । त्यति बेलाका कांग्रेसका ३६ से समुह र अहिले एमालेका २३ से मा तात्विक भिन्नता छैन । प्रधानमन्त्रीसँगको व्यक्तिगत इगोलाई उनीहरुले विपक्षीको स्वार्थसिद्ध गर्ने अस्त्र मात्र बनाएनन्, नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने गैर राजनीतिक अभ्यासको थालनी र अदालतबाट संबिधान संशोधनको काम समेत गराए ।

पार्टीभित्रको विवादलाई पार्टीभित्रै बसेर समाधान गर्नुको साटो पार्टी कमजोर बनाएर हर्ष बढाईं गरिरहेका सूर्य चिन्हबाट चुनाव जितेकाहरुले देउवालाई प्रधानमन्त्री हुने नियुक्त हुने बाटो खोलिदिएर पार्टीलाई मात्र हैन, आम कार्यकर्ताता र मतदातालाई नै घात गरे । चुनावमा जनतासामू जस्को भण्डाफोर गरे, तिनैलाई लाइन लागेर हस्ताक्षर बिक्रि गरे । राजनीतिमा इमान सकिएको यो भन्दा भद्धा रुप सायदै होला । हस्ताक्षर बेचेका एमालेका यी २३ जना माननीयहरु अव सत्ता पक्षमा बस्लान् वा विपक्षमा ? बिवाद समाधान कार्यदलको१० बुँदे सहमतिले त उनीहरुलाई विपक्षकै कुर्सीमा राख्ला तर तर २३ से को मनचाहिँ सत्ता पक्षमा नै रहरिहने हुन्छ ।

आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर चुनावमा शत्रु घोषणा गरिएका विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले सांसदहरु को–को हुनुहुन्छ त ? सबैले उहाँहरुको नाम सम्झिनु उपयुक्त नै हुन्छ । किनकी यो नाम इतिहासमा सधै कुरुप पात्रका रुपमा लिनुपर्नेछ । आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर राजनीतिक सुसाइड गर्ने एमाले सांसदहरुको नामावली यसप्रकार रहेको छ :

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमबहादुर रावल
४. घनश्याम भूसाल
५. सुरेन्द्र पाण्डे
६. मुकुन्द न्यौपाने
७. राजबहादुर बुढा
८. यज्ञराज सुनुवार
९. विरोध खतिवडा
१०. कृष्णलाल महर्जन
११. भवानी खापुङ
१२. जीवनराम श्रेष्ठ
१३. नारायण खतिवडा
१४. मेटमणि चौधरी
१५. झपट रावल
१६. दिपकप्रसाद भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरलाकुमारी यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. सोमप्रसाद पाण्डे

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...