फेरि सूर्य उदाउनेछ : एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।

उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’

ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए । आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे ।

ओलीले भने, ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...