माओवादीबाट को-को बन्दैछन मन्त्री ( नामसहित )



हाम्रो इकोनोमि

 

शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ ।

स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ ।

पाैडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुन् । केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए । यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् । बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...