कांग्रेसबाट मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा



हाम्रो इकोनोमि

 

 

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् । कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् ।

कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् । ‘मन्त्रीबारे ठोसरुपमा छलफल भएको छैन । आज १–२ जनामात्रै कांग्रेसबाट मन्त्री बन्छन् । आज शपथपछि बाँकी कुरा होला’, कांग्रेसका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...