कांग्रेसबाट मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा



हाम्रो इकोनोमि

 

 

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् । कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् ।

कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् । ‘मन्त्रीबारे ठोसरुपमा छलफल भएको छैन । आज १–२ जनामात्रै कांग्रेसबाट मन्त्री बन्छन् । आज शपथपछि बाँकी कुरा होला’, कांग्रेसका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...