माधव नेपाललाई आफ्नैले साथ छाड्दै गए, अब १८ सांसद मात्र बाँकी ( नामसहित )



हाम्रो इकोनोमि

 

 

आफ्नै खेमाका हस्तीहरुले साथ छाडेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति घटेको छ । उनलाई लामो समययता साथ दिदै आएका उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले साथ छाडेका हुन् । दुवैले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

हिजो माधव नेपालको असन्तुष्टिका बाबजुद भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालले कार्यदलमा रहेर एमालेको ओली पक्षसँग सम्झौता गरे । त्यसले नेपाल खेमालाई विभाजित बनाएको छ । नेपाल समूहमा रहेकामध्ये यी तीन देउवालाई प्रधानमन्त्री बनाउने २३ हस्ताक्षरकर्तामध्येका हुन् । योगेश भट्टराईले नेपालको साथ यसअघि नै छाडेको घोषणा गरिसकेका थिए । गोकर्ण बिष्टले देउवाको पक्षमा हस्ताक्षर गर्न मानेनन् ।

शुरुमा नेपाल पक्षमा झण्डै ४० सांसद थिए । घट्दै गए । उनलाई लालबाबु पण्डित जस्ता विश्वासपात्रले समेत छाडे । पछि २८ सांसद थिए । उनका विश्वासपात्र मानिएकाहरुले पनि साथ छाडे । योगेश भट्टराईले साथ छाडे । २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेकामा ३ जना पछि घटे । घटेकामा गोकर्ण बिष्ट पनि हुन् ।

अहिले भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले साथ छाडेका छन् । अझै नेपालसँग १९ सांसद छन् । उनीहरुमध्ये ११ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिकतर्फका सांसद छन् । अब प्रतिनिधि सभा पुनःस्थापना भएमा ११ सांसदको बलमा नेपालले ओलीसँग राजनीतिक संघर्ष गर्नुपर्ने हुन्छ । कि त ओलीसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

 

माधव नेपाल पक्षका सांसद

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. सोमप्रसाद पाण्डे
४. मेटमणी चौधरी
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. दिपकप्रकाश भट्ट
१३. रामकुमारी झाँक्री
१४. सरला यादव
१५. पुष्पाकुमारी कर्ण
१६. कल्याणी खड्का
१७. निरादेवी जैरु
१८. मुकुन्द न्यौपाने
१९. लक्ष्मीकुमारी चौधरी

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...