देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजन समाप्त : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

लामो समयदेखि एमालेमा विवाद थियो, अब समाधान भएको हो ?

एमालेभित्र उत्पन्न समस्या र विवाद आजदेखि आमरूपमा र आधारभूत रूपमा समाधान भएको छ । अब एमाले एकताबद्ध भएर अघि बढ्छ ।

यो सहमति कार्यदलस्तरमा भएको हो तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले मान्नुहुन्छ त ?

हामीले कार्यदलमा सहमति गरिरहँदा अध्यक्ष केपी शर्मा ओली र कमरेड माधव नेपाललाई पनि विश्वासमा लिएर गरेका हौं । त्यसैले यो सहमति कार्यान्वयन हुन्छ ।

सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला हुने सम्भावना छ । फैसलाअघि हस्ताक्षर फिर्ता गर्नुपर्ने तपाईंहरूको अडान थियो तर यसबारे सहमतिमा स्पष्ट केही भनिएको छैन । ती हस्ताक्षर कायम छन् कि फिर्ता भएका हुन् ?

एमाले एकताबद्ध भइसकेपछि र एमालेभित्रका सबै समस्यालाई आन्तरिक रूपमा समाधान गर्ने बिन्दुमा पुगिसकेपछि अब हिजो विमति र असहमतिका बेलामा गरिएका सबै कामकारबाही स्वतः निष्प्रभावी हुनेछन् । त्यसखालका कामकारबाहीबाट सिंगो नेकपा एमाले अलग हुन्छ । हिजो गरिएको हस्ताक्षरको प्रयोजन अब सकिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति हाम्रा केही सदस्यले गर्नुभएको हस्ताक्षर एकतापूर्वको विमति, असहमतिको हस्ताक्षर थियो । हामी एकताबद्ध भएका छौं, अब त्यो हस्ताक्षर प्रयोजनहीन भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गर्नुभएको हस्ताक्षर अब कायम छैन । देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा अब उहाँहरूको हस्ताक्षर प्रयोग हुन सक्दैन ।

१० बुँदे सहमति त बाहिरी मात्र हो । यसभित्र ओली र नेपालबीचको शक्ति सन्तुलन र पद बाँडफाँटसम्मका भित्री सहमति छन् भन्ने छ नि ?

यो गलत कुरा हो । एमालेभित्र शक्ति सन्तुलनको अभ्यास हुँदै छ भनेर जे प्रचार गरिन्छ, त्यो सच्चाइ होइन । हामी सबै जना पार्टीको वैधानिक व्यवस्थाअनुसार पार्टीलाई सुदृढ गर्न अघि बढ्छौं । कुनै अमूक नेतालाई अमूक पदका निम्ति प्रयासरत भनेर टिप्पणी गरेको सुनिन्छ, त्यसलाई म स्वाभाविक मान्दिनँ । त्यस्ता टिप्पणीले हाम्रा नेताहरूलाई अपमानित मात्र गर्छ । कुनै पनि नेता कुनै पद र शक्ति प्राप्तिका निम्ति प्रयासरत र शक्ति सन्तुलनको खोजीमा हुनुहुन्छ भन्ने जे टिप्पणी हुने गरेको छ, त्यो गलत कुरा हो । त्यस खालको स्थितिमा एमाले छैन ।

अदालतको फैसलापछि उत्पन्न हुने घटनाक्रमहरूमा एमाले अब एकढिक्का हुन्छ त ?

एमाले एकढिक्का भएर अघि बढ्छ । अब विगतको जस्तो अवस्था रहँदैन ।

विगतमा सरकारविरुद्ध नै एउटा समूह उभिएको थियो नि ?

सिंगो एमाले र सिंगो संसदीय दल केपी ओलीको निरन्तरताको पक्षमा एकताबद्ध भएर अघि बढ्छ ।

कार्यदलमा भएको सहमतिको वैधानिकता कहिले, कसरी प्राप्त हुन्छ ?

हामी भोलि ९सोमबार० नै स्थायी कमिटी बैठक बस्छौं । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छौं । कार्यदलका सिफारिसलाई कमिटी बैठकबाट अनुमोदन गर्छौं ।

स्थायी कमिटीको अबको बैठक माधव नेपाल र रामबहादुर थापासहितका नेताहरूको संलग्नतामा हुन्छ ?

हो, उहाँहरूसहितको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...