ओली-नेपाल एक-अर्कालाई सिध्याउने खेलमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो ।

अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना गर्नुपर्ने विषय उल्लेख थिए । विश्वस्त स्रोतका अनुसार नेपालको कतिपय मागप्रति ओली असन्तुष्ट भएका छन् । उनी दोस्रो अध्यक्ष दिन तयार देखिएका छैनन् ।

एमालेभित्रको एकता कायम गर्न गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको छ । हिजो उत्साही देखिएको कार्यदलको टोली आज विहान निराश भएका छन् । सैगरी, नेता नेपाल विरामी भई घरमा आराम गरिरहेका छन् । उनले कम भेटघाट गरी आराम गरेका छन् ।

ओली २३ सांसदको शेरबहादुर देउवालाई समर्थनको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गराउन लागेका छन् । उनले माधव पक्षको प्रस्ताव फिर्ता गराएर २८ असारमा हुनलागेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हुने सुनुवाईलाई प्रभावित पार्न खोेजेको विश्लेषणहरु भइरहेका छन् । २३ सांसदका कारण नेपाल पनि अहिले राजनीतिको निर्णायक शक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...