ओली-नेपाल एक-अर्कालाई सिध्याउने खेलमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो ।

अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना गर्नुपर्ने विषय उल्लेख थिए । विश्वस्त स्रोतका अनुसार नेपालको कतिपय मागप्रति ओली असन्तुष्ट भएका छन् । उनी दोस्रो अध्यक्ष दिन तयार देखिएका छैनन् ।

एमालेभित्रको एकता कायम गर्न गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको छ । हिजो उत्साही देखिएको कार्यदलको टोली आज विहान निराश भएका छन् । सैगरी, नेता नेपाल विरामी भई घरमा आराम गरिरहेका छन् । उनले कम भेटघाट गरी आराम गरेका छन् ।

ओली २३ सांसदको शेरबहादुर देउवालाई समर्थनको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गराउन लागेका छन् । उनले माधव पक्षको प्रस्ताव फिर्ता गराएर २८ असारमा हुनलागेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हुने सुनुवाईलाई प्रभावित पार्न खोेजेको विश्लेषणहरु भइरहेका छन् । २३ सांसदका कारण नेपाल पनि अहिले राजनीतिको निर्णायक शक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...