सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ : वामदेव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् । पार्टी एकीकृत भएपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दु:ख प्रस्ताव पारित गरेको सुनेको उनले बताए ।

गौतमले भने, ‘अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ । म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दु:ख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने । तर: मलाई दु:खमनाउ छैन ।’

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...