सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ : वामदेव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् । पार्टी एकीकृत भएपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दु:ख प्रस्ताव पारित गरेको सुनेको उनले बताए ।

गौतमले भने, ‘अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ । म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दु:ख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने । तर: मलाई दु:खमनाउ छैन ।’

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...