माधव नेपालले दोस्रो अध्यक्ष चाहियो भनेपछि सहमति भाँडियो



हाम्रो इकोनोमि

 

 

एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतवार विहान बोलाएर नेपालले मस्यौदाप्रति अशन्तुष्टी जनाएका हुन् ।

स्रोतका अनुसार नेपालले केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् । वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए ।

विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपाल पक्षका नेताहरुको छ ।

ओलीले आफू पक्षधर वार्ता टोली सदस्यहरुलाई दोस्रो अध्यक्षमा सहमति दिएमा तत्कालै एमालेको आन्तरिक एकता टुंगिने नेताहरु बताउछन् । नेपालले पार्टीमा अध्यक्ष ओलीले विधि पद्दति मिचेर स्वेच्छारी निर्णय गर्ने भएकाले संस्थागत ढंगले चलाउन आफ्नो समेत हस्ताक्षरमा सबै निर्णय हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

कार्यदलका एक सदस्यले भने–दोस्रो अध्यक्षको कुरा कार्यदलमा औपचारिक रुपमा प्रवेश गरिसकेको छैन र यो हामीले टुंगो लगाउने विषय पनि होइन । शीर्ष तहमा शत्तिः बाँडफाँटको सहमति भयो भने बेग्लै कुरा हो । अहिले हामी कार्यंदलले तयार पारेको मस्यौदाको भाषामै केन्द्रित छौं ।

अदालत प्रभावित पार्ने कुरा के हो ?

नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएकोमा समेत असहमति जनाएको एक वार्ता टोली सदस्यले बताए । उनले त्यो शब्द के हो भन्ने खुलाउन चाहेनन् तर सर्वोच्चको फैसलापछि पार्टीले संस्थागत रुपमा निर्णय गरेर एमाले नेतृत्वको सरकारको संवैधानिक निरन्तरताका लागि सामुहिकय प्रयत्न्न गर्ने खालको शब्द रहेको बताए ।

ती सदस्यले भने, ‘वास्तवमा माधव कमरेड सर्वोच्चको फैसलाअघि कुनै सम्झौता गर्ने पक्षमै हुनुहुन्न । तर प्रधानमन्त्री ओलीजी जे हुन्छ सर्वोच्चको फैसलाअघि नै हुनुपर्छ भन्नेमा हुनुहुन्छ । सर्वोच्चलाई एमाले एक भएको सन्देश दिने र त्यसले फैसला प्रभावित पार्ने उद्देश्य नै हो ओलीजीको । तर माधव नेपाल त्यो चाहानुहुन्न ।’

मस्यौदामा शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख छैन । तर एमाले एकताबद्ध भएपछि कुनै पनि गठबन्धनमा एमाले नरहेको प्रष्ट हुने खालको आशय व्यक्त गरिएको छ । त्यसमा नेपाल अशन्तुष्ट छन् ।

ओली पक्षका एक नेताले भने, ‘आजै सहमति गर्ने भनेको एमालेका १२१ जना विघटित प्रतिनिधिसभाका सदस्य एक ठाउँमा छन् र सर्वोच्चले संसद विघटन बदर गरे पनि सरकार एमालेकै नेतृत्वमा बन्छ भन्ने सन्देश दिने नै हो । एमाले मिल्दा सर्वोच्चको फैसला प्रभावित हुन्छ भने यस्तो त हामी गरिरहन्छौं ।’

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...