बिद्युतीय बस सञ्चालन गर्न पूर्वाधारको समस्या छैन : मन्त्री फुँयाल



हाम्रो इकोनोमि

 

 

बिद्युतीय बस सञ्चालन गर्न पूर्वाधारको समस्या छैन बसपार्कमै चार्जिङ स्टेशन ब्यवस्थापन गर्ने बागमती प्रदेश सरकारले पूर्वाधार तयार नै नगरी बिद्युतीय बस खरीद प्रकृया अघि बढाएको भन्दै प्रदेश सभा सदस्यहरुले बिरोध गरेपछि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार र तयारीबारे जानकारी गराएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाका लागि २० र काभ्रे धुलीखेल, नुवाकोट धादिङ, चितवन र मकवानपुर रुटका लागि १० वटा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौँ उपत्याका भित्र ८ वटा चार्जर जडान गर्ने मन्त्रालयको तयारी छ । काठमाडौँका लागि बालाजु बसपार्कमा ४ वटा फास्ट चार्जर जडान गर्ने ब्यवस्था मिलाईएको छ ।

काठमाडौस्थित यातायात ब्यबस्था कार्यालयमा बाँकी ४ वटा चार्जर स्टेशन सहीत जडान हुने भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले बताए । मन्त्रालयले तत्काल सरकारी स्वामित्वकै बसपार्कमा चार्जर जडान गर्ने भएकाले थप पूर्वाधार आवश्यक नभएको बताएको छ । यस्तै हेटौँडा, भरतपुर बसपार्कमा दुई दुई वटा चार्जर जडान गरिने ब्यवस्था मिलाईएको छ । काभ्रे, नुवाकोट र धादिङ बसपर्कमा एक एक वटा चार्जर ब्यवस्थापन गर्ने मन्त्रालयको तयारी छ । काठमाडौँ उपत्यकाका लागि ब्यवस्थापन गरिने ८ वटा चार्जरले ३ घण्टामै २० वटा बिद्युतीय बस फुल चार्ज हुनेछन् । एकपटक फुल चार्ज गरेपछि दुईसय किलोमीटर सञ्चालन हुने बिद्युतीय बस दिनभर काठमाडौँ उपत्यकाको सडकमा सहजै गुड्न सक्ने मन्त्री फुयाँलले बताए । यस्तै काभ्रे, चितवन, धादिङ, नुवाकोट र हेटौँडा बसपार्कमा जडान हुने चार्जरले १० वटा बिद्युतीय बस सञ्चालनमा कुनै समस्या नआउने मन्त्रालयको दावि छ ।

बिद्युतीय बस आईपुग्नु भन्दा तीन महीना अघि १५ वटा चार्जर जडान गर्ने गरी बस खरीदको टेण्डर प्रकृया अघि बढाईएको छ । ग्लोबल टेडर मार्फत बस खरीद हुनेछ । मन्त्रालयसंग खरीद सम्झौतापछि नेपालको बाटोको भौगोलिक अवस्था अध्ययन गरी बिद्युतीय बस कम्पनीले बस निर्माण गरी उपलब्ध गराउने भएकाले नेपालको भुबनोट र यहाँको बाटोको अवस्था अनुसार बिद्युतीय बस सहज चल्न सक्ने मन्त्रालयको दावी छ । बागमती प्रदेश सरकारले बिद्युतीय बस आयातको तयारी गरिरहँदा नेपाल बिद्युत प्राधिकरणले प्रदेश सरकारसंग समन्वय गर्दै तत्कालै १० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । प्रदेश सरकारले शुशान ऐन अशन्तर्गत बिद्युतीय बस सञ्चालन तथा ब्यवस्थापन बोर्ड गठन गरेको छ । सो बोर्डले आवश्यक कानुनी प्रकृया समेत पूरा गरेको छ । बिद्युतीय बस सञ्चालनका लागि यो आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयले ५० करोड बजेट ब्यवस्थापन गरेको छ । वातावरण मैत्री बिद्युतीय बस सञ्चालनमा आए भारतीय बजारसंग निर्भर रहँदै आएको पेट्रोलियम पदार्थको आयात घट्ने मन्त्रालयको दावी छ । मर्मत र सञ्चालनमा समेत पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी भन्दा किफायती हुने बिद्युतीय सवारी सञ्चालन गर्ने बागमती प्रदेश सरकारको महत्वकांक्षी योजना हो ।

सरकारले बिद्युतीय बसको उपयोग बढाउने निती बनाएको छ । बिद्युतीय सवारी सञ्चालन गर्दा सामाजिक सूरक्षा भत्ता प्राप्त गर्ने सर्वसाधारणलाई निशुल्क सवारी प्रयोग गर्नसक्ने ब्यवस्था मिलाउने मन्त्रालयको तयारी छ । नेपाली बजारमा बिद्युतीय बस सञ्चालन रोक्न भारतीय कम्पनिहरु लागि परेका छन् । बिद्युतीय बस सञ्चालनमा आए मोटर पाट्र्समा समेत चिनीयाँ कम्पनी हाबी हुने भन्दै भारतीय कम्पनिहरु यहाँका सांसदहरुलाई बिद्युतीय बस सञ्चालन रोक्न लबिङ गरिरहेका छन् । यसैका कारण लामो समयदेखि बागमती प्रदेश सभा नै स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...