प्रचण्डले माधव नेपाललाई दिए यस्तो धम्की



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई धम्की दिनुभएको छ । सत्तारुढ नेकपा एमालेभित्रको बिवाद समाधान हुने निश्चित भएपछि अध्यक्ष प्रचण्डले नेपालको निवास कोटेश्वर पुगेर आज अध्यक्ष केपी ओलीसँग मिले ठीक नहुने भन्दै धम्की दिनुभएको हो ।

नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट आज बिहान ११ः१५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माधव नेपाल निवास पुग्नुभएको थियो । ‘तपाई हामीलाई धोका दिएर केपी ओलीसँग मिल्न लागेको हो ? यसो गर्नुभयो भने ठीक हुन्न,’ माधवलाई प्रचण्डको धम्की उधृत गर्दै नेपाल निकट एक सदस्यले जनताटाइम्स डटकमसँग भने । एमाले कार्यदलले आज सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएको छ । सहमतिको मस्यौदा नै सार्वजनिक गर्ने सूचना पाएपछि प्रचण्ड नेपाल निवासमै पुगेर आक्रोश पोख्दै धम्की दिनुभएको हो ।

कार्यदलले सहमतिको मस्यौदा सार्वजनिक गर्नुअघि आजै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच पुनः वार्ता गराउने प्रयास अघि बढाएको छ । कार्यदलको सहमतिका बावजुद प्रचण्डको धम्कीकै कारण नेता नेपाल भने सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा देखिनुभएको छैन । यद्यपी कार्यदलका नेताहरुले माधवलाई प्रचण्ड र देउवाको मोहमा फसेर आफ्नो भविश्य बर्वाद गर्न नदिने भन्दै आफूहरुले गरेको सहमतिमा उभिन दवाव दिएका छन । यहीबीच सहमति तोडनका लागि प्रचण्ड नेपालको निवास पुगेर धम्क्याउनु भएको हो ।

कार्यदलले सहमतिको काम अघि बढाएपछि एक सातादेखि माधव बिपक्षी गठबन्धनको बैठकमा जानुभएको छैन । प्रचण्डले माधव उपस्थित भएपछि मात्रै विपक्षी गठबन्धनको बैठक बस्ने भनेर पछिल्लो बैठक समेत रोकिएको छ । आफ्नै समुहका नेताहरुको कारण बिपक्षी गठबन्धनको बैठकमा नजानु भएका नेपाललाई आज प्रचण्डले आक्रोशसहित धम्की र अनेकन प्रलोभन दिनुभएको नेपाल निकट नेताहरुले नै जनताटाइम्सलाई जानकारी गराउनु भएको छ । ‘प्रचण्डले माधव कमरेडलाई ठूलै आश्वाशन मात्र होइन, धम्की र चेतावनीसमेत दिनुभएछ, हामीले यो सूचना पाएर प्रचण्डको धम्कीसँग कोही नडराउने भनिदिएका छौं,’ कार्यदलमा रहेका नेपाल निकट एक नेताले जनताटाइम्ससँग भने ।

प्रचण्ड र देउवा मोह त्याग्न नसकेकै कारण माधवले पछिल्लो समय बिधानमै नभएको अधिकार चाहिने भन्दै झण्डै एकता भाँडनुभएको थियो । कार्यदल सदस्यहरुले कडा आपत्ति जनाएपछि नेपाल शान्त बस्नुभएको हो । यही अवसरको सदुपयोग गर्दै एमाले मिल्न नदिने प्रस्ताव लिएर प्रचण्ड नेपाल निवास पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...