सर्वोच्चको फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।

एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।

बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन । स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...