सर्वोच्चको फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।

एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।

बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन । स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...