माधव नेपालले भाँडिदिए कार्यदलको पाँच बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न नसक्ने भनेर तोदिदिनु भएको हो ।

कार्यदलले एमालेको सम्पुर्ण संरचनालाई २०७५ जेठ २ मा फर्काउने गरी सहमतिको पाँच बुँदा तयार पारेको थियो । सो सहमतिलाई अध्यक्ष ओलीले सहमति जनाउनु भएपनि नेपालले भने सहमतिका कुरा ठीक भएपनि पहिलो मेरो टुंगो हुनुपर्यो भन्दै भाँडनुभएका कार्यदलका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार वरिष्ठ नेता नेपालले एमालेमा फर्किएर काम गर्नका लागि महाधिवेशनअगावै आफू पनि अध्यक्ष हुनुपर्ने पहिलो सर्त राख्नुभएको छ । आफूले अध्यक्ष ओलीसँग यस बिषयमा प्रष्ट कुरा गरेको बताउँदै नेता नेपालले आफ्नो तर्फका कार्यदल सदस्यहरुसँग अध्यक्षमा हाताहाती सहमतिपछि मात्रै एमालेमा फर्कने अडान राख्नुभएको हो ।

मेरियट होटलमा बुधवार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको छलफलमा बरिष्ठ नेता नेपालले बिधानमै नभएको पद चाहिन्ने सर्त राख्नुभएको थियो । जवाफमा ओलीले कार्यदलले जे ल्याउँछ मान्छु भन्नुभएको थियो । तर नेता नेपालले एमाले र माओवादीबीच एकता भएको जसरी नै दुई अध्यक्ष र निर्वाचन आयोगलगायत सवैतिर दुई अध्यक्षको हस्ताक्षर हुनुपर्ने भन्दै सर्त राख्नुभएको हो । नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा आफ्नो पनि बराबर भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो अध्यक्ष र महाधिवेशनपछि एकल अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा बरावरी हिस्सतासहितको अधिकार दिनुपर्ने शर्त राख्नुभएको कार्यदलका ती सदस्यले जनताटाइम्सलाई बताए ।

नेपालको सोही अडानका कारण एकताको संभावना सकिएको निश्कर्षसहित घनश्याम भुसालले बिहीवार कुनै प्रगति नभएको जानकारी दिनुभएको ती नेताले बताए । ‘कार्यदलमा सवै कुरा मिल्यो, पाँच बुँदे सहमति पनि भयो, तर माधव कमरेडको अध्यक्ष नभइ नहुने चाहना र माओवादी र एमालेबीच एकता हुँदा भएजसरी नै दुई पक्षबीच एकता हुनुपर्ने अडानले सवै कुरा भाँडियो,’ कार्यदलका अर्का नेताले जनताटाइम्स डटकमसँग भन्नुभयो । बरिष्ठ नेता नेपाल मिल्न नचाहेको र बिपक्षी गठबन्धनतिरै रमाउन चाहेको तथ्य आफूसँगको बार्तामा खोलेको अध्यक्ष ओलीले बिहीवार जनसंगठनका केही पदाधिकारीहरुसँग खोल्नुभएको थियो ।

आफ्नै समुहका प्रभावशाली नेताले तयार पारेको र सहमति गरेको बिषयमा समेत नेता नेपालले आफ्नो पदीय आकांक्षालाई राखेर बाधक बनाउनु भएको हो । ती नेताका अनुसार नेता नेपालले आफू प्रचण्डसँग मिल्दा अध्यक्ष भइसकेको कारण पनि ओलीसँग मिल्दा अध्यक्ष नै चाहिने सर्त राख्नुभएको छ । नेपालको अडानका वावजुद कार्यदलले एकताको प्रयाशलाई जारी राखेर बैठक अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...