माओवादी केन्द्र तुरुन्त खारेज होस : रायमाझी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलेको टिप्पणी गरेका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गरिदिनुपर्यो भनेर जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी ऐनअनुसार यो पार्टी चलेको छैन् । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब करिब २८÷३० वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो । तर, त्यो पनि नाम मात्रैको थियो । २०६९ सालमा । त्यसलाई वैधानिक मानिएपनि । तर, त्यस्तो प्रकारको प्रतिष्पर्धा भएन । ताली पिट्ने काम मात्रै भयो । अहिले २०७८ साल भयो । ९ वर्षसम्म अर्को महाधिवेशन भएको छैन् । २०७५ मा एमालेसँग एकता भयो । २ वर्ष त नेकपाको रुपमा रहया, त्यसलाई मान्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको ७ वर्ष भयो । दलसम्बन्धी ऐनमा के भनिएको छ भने प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी कहाँ पुगिसक्यो । आकाश पाताल कहाँ पुगिसक्यो । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न मिल्छ ? यो असंवैधानिक कदम भयो नि ।’

उनले अहिले मुलुक राजनीतिक एजेण्डाभन्दा पनि अब समृद्धिको एजेण्डामा अघि बढ्नुपर्ने बताए । त्यस्तै, पार्टी कानून र संविधानसम्मत् हुनुपर्छ भनेर आफूहरुले अभियान चलाएको पनि उनले स्मरण गराए । उनले भने,‘हामी माओवादी केन्द्रलाई पनि सिस्टममा ल्याउनको लागि यो निवेदन लिएर यहाँ आएका हौं, अब व्यक्तिवादी र अनुशासनहीन तरिकाले पार्टी चलाउने काम नहोस । हाम्रो आयोगमा प्रस्ताव परेको छ । छिटो भन्दा छिटो निर्णय गरिदिनुपर्यो । तर, निर्णय गर्दा विधि, विधान र संविधानलाई आत्मसात् गरियोस् ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...