माधव नेपालले अहिले कुर्सीको बार्गेनिङ गर्दै हुनुहन्छ : विशाल भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पार्टी एकता हुने दाबी गरेका छन् । अहिले परीणाम आउनेगरि वार्ता भैरहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा लड्नसमेत सुझाव दिएका छन् ।

उनले माधव नेपाल विपक्षी गठबन्धनलाई बलियो बनाउँदै जाने काम गरेर इतिहासमै कलंकित काम गरेको टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गराउने तहसम्म पुर्याउने काम माधव नेपालहरुले गरेको दाबी गरे । यद्धपी विघटन गलत थियो भन्ने नेपाली जनताको चाहना थियो भन्ने उनको भनाई छ । उनले अहिले माधव नेपालले कुर्सीको बार्गेनिङ गरिरहेको गम्भीर आरोपसमेत लगाएका छन् ।

उनले भने,‘माधव नेपालले अहिलेपनि आफूलाई करेक्सन गरेर, म पार्टीमा क्रियाशिल हुन्छु, म पद केन्द्रित हुन्न, मलाई अधिकार चाहियो भनेर म भन्दिनँ, म महाधिवेशनमा पराजित भएको नेता हो, दशौं महाधिवेशन म कुर्छु, कार्यकर्ताको विश्वास जित्छु भनेर बस्नुपर्नेमा, जसरी उहाँले अहिले कुर्सीको, पदको बार्गेनिङ गर्दैै हुनुहुन्छ, आफ्नो पावरको बार्गेनिङ गर्दै हुनुहुन्छ, कालान्तरमा यसले उहाँलाई ठूलो घाटा हुन्छ ।’ माधव नेपालबाहेक थुप्रै नेताहरु आफूहरुको पक्षमा आउने पनि उनको दाबी छ । उनले भने,‘कार्यदलमा भएका माधव नेपालका साथीहरुको पहलमै धेरै साथीहरु आउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...