संसदमा बहुमत बनाइराख्ने खेल सुरु, यस्तो छ अंकगणित



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतले २८ असारमा फैसला गर्दैछ । फैसला कस्तो आउने हो अनेकन अनुमानहरु भइरहेका छन् । तर, अदालतको फैसला नआउँदै संसदीय अंकगणितको खेलहरु सुरु हुनुलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै हालतमा माधव नेपाल पक्षीय २३ विघटित प्रतिनिधि सभाका सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको हस्ताक्षर फिर्ता गराउन सक्रिय भएका छन् । त्यसका लागि उनले माधव नेपाललाई सहमतिमा ल्याउन अनेकन प्रयास गरिरहेका छन् । संसद नै विघटनको सिफारिश गरेका ओलीले किन बिघटित प्रतिनिधि सभाका सांसदलाई पक्षमा ल्याउन पहल गरे ? चासो बनेको हो । उनले २३ जनाको हस्ताक्षर फिर्ता गरेर दुईवटा सम्भावनामा फाइदा लिन खोजेका छन् ।

हस्ताक्षर फिर्ता गराएर सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गर्न परेको रिटमाथि हुनलागेको फैसलालाई प्रभावित बनाउन खोजेका छन् । हस्ताक्षर फिर्ता भएलगत्तै देउवाको पक्षमा बहुमत छैन भन्ने देखिन्छ । त्यसले विघटनको पक्षमा फैसला हुने वातावरण बन्न सक्छ । प्रतिनिधि सभा पुनःस्थापना भइहाले फेरि संसदको अंकगणित सुरु हुन्छ । त्यतिबेला २३ सांसद ओलीको पक्षमा नआएमा उनीबाहेक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । विघटित प्रतिनिधि सभामा नेकपा एमालेका १२१ सांसद रहेकामा २३ जना नेपाल पक्षमा गएमा ९८ जना ओली पक्षमा रहन्छन् ।

हाल विघटित प्रतिनिधि सभाको २६७ सांसद रहेकोमा ओलीलाई बहुमतका लागि जसपाको महन्थ ठाकुर पक्षधरको साथले मात्र पुग्दैन । बरु उनीविरोधी गठबन्धनले संसदमा बहुमत सिद्ध गर्न सक्छ । ओली पक्षले प्रतिनिधि सभा पुनःस्थापना भएर माधव नेपाल विपक्षी गठबन्धनमै रहेमा सकभर फर्काउने नसके प्रत्यक्ष निर्वाचितमध्ये सकेजति सांसदलाई तान्ने रणनीति बनाएको छ । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट त्यस्तो अवस्थामा ओलीकै साथमा जाने देखिएको छ । भीम रावललाई पनि ओलीले मनाउन खोजिरहेका छन् ।

२३ मध्ये १५ जना प्रत्यक्ष निर्वाचित विघटित प्रतिनिधि सभाका सांसद हुन् । उनीहरु मध्ये १५ प्रत्यक्ष निर्वाचितलाई कारबाही गरेर सांसद पद रिक्त गरिदिने, ८ समानुपातिकलाई हटाएर आफूपक्षीय ल्याएर १२१ मध्येबाट १०६ बनाएर जसपाको महन्थ ठाकुर पक्षलाई साथमा लिएर फेरि बहुमतको सरकार बनाउनले रणनीति समेत तयार भएको बुझिएको छ ।

एमालेबाट १५ सांसदमाथि कारबाही भएमा प्रतिनिधि सभामा २५२ सांसद रहन्छन् । त्यतिबेला बहुमतका लागि १२७ आवश्यक पर्छ । ओलीले एमालेबाट १०६ बनाउन सके जसपासहित साना दलबाट २१ को साथ लिएर बहुमतको प्रधानमन्त्री बन्ने रणनीति बनाएको चर्चा माधव नेपाल पक्षमा चलेको छ । १५ मध्ये ५ लाई तान्न सकिए बहुमतका लागि अन्य दलबाट २१ भन्दा कम भए पुग्ने गरी तयारी भइरहेको भन्दै नेपाल समूह सतर्क भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...