नेकपा एमालेमा सहमति, रामकुमारी झाँक्री तनावमा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा एमालेभित्र बिवाद समाधान गरी पार्टीलाई एकजुट बनाउने अन्तिम कसरत भइरहँदा प्रतिनिधिसभामा समानुपातिक तर्फकी सांसद रामकुमारी झाँक्री बिपक्षमा उभिनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले गठन गर्नुभएको १० सदस्यीय कार्यदलले सहमतिको अन्तिम खाका बनाइरहँदा केन्द्रीय सदस्यसमेत रहनुभएकी झाँक्री एकताकै बिपक्षमा उभिनुभएको हो ।

आज सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै झाँक्रीले आफ्नो नजर एमालेतिर नभई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डतिर रहेको प्रष्ट संकेत गर्नुभएको छ । एमालेबाट समानुपातिक सांसद भएदेखि नै राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिँदै आउनु भएको छ । एमालेकै नेतृ रहेर एमालेकै नेतृत्वमाथि खनिनु नै आफनो धर्मका रुपमा ब्यवहार गर्नुभएकी झाँक्रीले एमालेमा सहमति होइन, भाँडभैलो हुनुपर्ने तर्क राख्नुभएको छ ।

पार्टीलाई एकजुट बनाउने सहमति नगर्न चेतावनी दिँदै झाँक्रीले भन्नुभएको छ, ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशिल गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य शर्त हो । हामील्े यसको लागि सएएटा प्रक्रियाको मात्र थालनी गरेका हौं । अदालतको फैसलापछि सरकार बन्ने र बिश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनू हुँदैन ।’ झाँक्री केही दिनअघि दलबलसहित माधव नेपालको निवास पुगेर देउवा र प्रचण्डतिरै लाग्नुपर्ने दवाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...