ओलीविरोधी गठबन्धनमा कम्पन



हाम्रो इकोनोमि

 

 

मेरियट होटलमा बुधबार प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दा वरिष्ठ नेता माधवकुमार नेपालको मुहार निन्याउरो थियो । उनी वाध्यात्मक परिस्थितिले मात्र ओलीलाई भेट्न पुगेका थिए ।

नेपालमाथि आफ्नै पक्षका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताले दबाब सृजना गरेपछि भेट्न पुगेका थिए । भेटमा कुनै सहमति भएन । तर, ओलीसँगको भेटले विपक्षी गठबन्धनमा कम्पन आएको छ ।

ओलीलाई सत्ताबाट हटाइछाड्न पाँचजना पूर्वप्रधानमन्त्री रहेको दल र समूहको गठबन्धन बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा.बाबुराम भट्टराई ओलीविरोधी गठबन्धनमा निकै सक्रिय छन् । तर, यो गठबन्धन टुटाउन ओलीले नयाँ राजनीतिक अस्त्र हानेका छन् ।

नेपाल पक्षलाई सहमतिमा ल्याएर विपक्षी गठबन्धन कमजोर बनाउने ओलीको रणनीति देखिएको छ । त्यसका लागि उनले नेपालनिकट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्टसँग छुट्टाछुट्टै भेटेर माहोल सृजना गर्न खोजेका छन् । फलस्वरुप नेपाल बुधबार ओलीलाई भेट्न जान वाध्य भए ।

कुनै हालतमा ओलीसँग यथास्थितिमा वार्ता गर्दिनँ भनेका नेपाल मेरियट होटलमा पुगेर कुराकानी गरे । तर, सहमतिको बिन्दु तयार भएन । नेपालनिकटस्थ केही नेताहरुले ओलीको पछिल्लो पहललाई जालझेलको संज्ञा दिएका छन् । नेपालनिकट नेता रामकुमारी झाँक्रीले जालझेलमा नपर्ने ट्वीट गरेकी हुन् । यसकारण पनि नेपाल अप्ठ्यारोमा परेको देखिदैछ ।

माधव नेपाल आफ्नै पक्षका नेताहरुबाट दबाबमा परेका छन् । तर, उनले विपक्षी गठबन्धन छाडिहाल्ने सम्भावना देखिएको छैन । उनी पक्षधर केही नेताहरुले पनि छाड्न दबाब सृजना गरिरहेका छन् । यसले ओलीविरोधी गठबन्धनमा कम्पन आएको छ । माधव नेपाल अप्ठ्यारोमा परेका छन् । नेपालले हत्तपत्त अडान नछाड्ने देखिएको छ । तर, उनकै समूहका केही हस्तीहरुका कारण विपक्षी गठबन्धनमा कम्पन भने आएको छ । यसकै कारण गठबन्धन टुटिहाल्ने सम्भावना भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...