देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने भीम रावलको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पार्नुभयो । उहाँले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास ब्यक्त समेत गर्नुभयो । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नपारेको पनि स्पष्ट पार्नुभयो। पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उहाँको भनाई छ ।

उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच लामो समयपछि हिजो भेट गरेकोले परीणाम निस्किनको लागि समय लाग्ने बताउनुभयो। आज बस्ने कार्यदलको बैठकमार्फत साझा प्रस्ताव अघि ल्याउने पनि उहाँले जानकारी समेत दिनुभयो । उहाँ धमलाको एक प्रश्नमा भन्नुभयो हामी मिल्दा कि अरुलाई राम्रो नहुने हामी फुट्दा खुशि अरु किन हुनेपर्ने बताउनुभयो ।

उहाँले आफूहरुले कुनै स्वार्थको आधारमा विवाद मिलाउनको लागि गरिएको प्रयत्न नभएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लोकतन्त्रको पक्षमा क्रियाशिल हुनको लागि गरिएको प्रयास भएको बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भन्नुभयो “यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो । अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।” उहाँले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने समेत बताउनु्भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर पनि स्वतः फिर्ता हुने घोषणा गर्नुयभयो ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...