देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने भीम रावलको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पार्नुभयो । उहाँले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास ब्यक्त समेत गर्नुभयो । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नपारेको पनि स्पष्ट पार्नुभयो। पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उहाँको भनाई छ ।

उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच लामो समयपछि हिजो भेट गरेकोले परीणाम निस्किनको लागि समय लाग्ने बताउनुभयो। आज बस्ने कार्यदलको बैठकमार्फत साझा प्रस्ताव अघि ल्याउने पनि उहाँले जानकारी समेत दिनुभयो । उहाँ धमलाको एक प्रश्नमा भन्नुभयो हामी मिल्दा कि अरुलाई राम्रो नहुने हामी फुट्दा खुशि अरु किन हुनेपर्ने बताउनुभयो ।

उहाँले आफूहरुले कुनै स्वार्थको आधारमा विवाद मिलाउनको लागि गरिएको प्रयत्न नभएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लोकतन्त्रको पक्षमा क्रियाशिल हुनको लागि गरिएको प्रयास भएको बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भन्नुभयो “यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो । अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।” उहाँले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने समेत बताउनु्भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर पनि स्वतः फिर्ता हुने घोषणा गर्नुयभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...