ओली र नेपालको यस्तो छ चाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनतामा आइसब्रेक भयो । बुधबार दुई नेताले वन टु वन वार्ता गरे । एमाले एकता कायमै राख्ने सहमति निकाल्न खोजे । तर, अझै सहमति बन्न सकेको छैन । ओली र नेपालले पछिल्लो संवादलाई पनि रणनीतिक चालका रुपमा बढाएका छन् । ओली सहमतिको प्रयासमार्फत् आफूले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेको देखाउन खोजिरहेका छन् ।

सहमतिका लागि ओलीले पार्टी कमिटीमा गएर जे निर्णय हुन्छ त्यसैमा जानुपर्ने प्रस्ताव राखेको बुझिएको छ । नेपालले माग गरे अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई लगिएको र नवौं महाधिवेशनको पदाधिकारी पनि यथावत् राखिएकोले अब यसैबाट अगाडि बढ्न प्रस्ताव गरेका छन् । तर, नेपालले विगतको गल्ती सच्याउने देखि सहमतिका जानुपर्नेमा जोड दिएका छन् ।

घुमाइफिराई नेपाल ओलीलाई सत्ताबाट झार्न खोजिरहेका छन् । त्यही बुझेर ओली सतर्क छन् । उनले २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा भएको हस्ताक्षरलाई फिर्ता गराउन चाहन्छन् । यसले अदालतको फैसला समेत प्रभावित हुन सक्छ । प्रतिनिधि सभा पुनःस्थापना भएमा ओली आफै प्रधानमन्त्री बन्ने अवस्था सृजना हुन सक्छ ।

नेपाल पक्षले भने संसद पुनःस्थापना भएमा २३ सांसद मध्ये १५ प्रत्यक्ष निर्वाचितलाई कारबाही गरेर सांसद पद रिक्त गरिदिने, ८ समानुपातिकलाई हटाएर आफूपक्षीय ल्याएर १२१ मध्येबाट १०६ बनाएर जसपाको महन्थ ठाकुर पक्षलाई साथमा लिएर फेरि बहुमतको सरकार बनाउन ओली बढेको हुनसक्नेतर्फ गम्भीरता देखाएको छ ।

एमालेबाट १५ सांसदमाथि कारबाही भएमा प्रतिनिधि सभामा २५२ सांसद रहन्छन् । त्यतिबेला बहुमतका लागि १२७ आवश्यक पर्छ । ओलीले एमालेबाट १०६ बनाउन सके जसपाबाट २१ को साथ लिएर बहुमतको प्रधानमन्त्री बन्ने रणनीति बनाएकोतर्फ समेत विपक्षी गठबन्धनमा चर्चा चलेको छ ।

नेपालले ओलीको यो चाललाई विफल बनाउने गरी तयारी गरेका छन् । उनले २८ असारका लागि तोकिएको प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको फैसला अगाडि कुनै सहमति नगर्ने र त्यसपछि अवस्था हेरेर रणनीति बनाउने तयारी गरेका छन् । ओली सर्वोच्चको फैसला अगाडि नै सहमति गर्न खोजिरहेका छन् । नेपाल भने अलमलाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...