भीम रावल पनि ओली क्याम्पमा, एमालेमा नयाँ तरंग



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबैभन्दा आक्रामक बन्दै आएका थिए । तर, पछिल्लो केही दिनमा उनी नरम बन्दै गएका छन् । यसै हप्ता बालुवाटारमा ओलीले बोलाएपछि पुगेका रावलले गम्भीर कुराकानी गरेका थिए । उनले एमाले एकताको सूत्रबारे छलफल गरेको बुझिएको छ । ओलीले रावललाई मिलेर जाऔं भनेपछि माहोल सकारात्मक बन्दै गएको छ । एमालेको एकता कायम राख्नका लागि गठित कार्यदल पनि निकै सक्रिय भएको छ । कार्यदल ब्युँतिएपछि रावल पनि सक्रिय छन् ।

ओलीले पछिल्लो समय रावलको शक्ति देखे भोगेका छन् । माधव नेपाल पक्षधरमा रावल निकै शक्तिशाली देखिएका छन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । कर्णालीमा पनि उनले शक्ति देखाइसकेका छन् । सुदूरपश्चिमा ओली पक्ष अल्पमतमा छ । त्यहाँ भीम रावलको पकड देखिएको छ । संसदीय दलमा पनि उनकै बहुमत छ ।

सात प्रदेशमध्ये प्रदेश संसदीय दलमा सुदूरपश्चिममा मात्र माधव नेपाल पक्ष बहुमतमा छ । यसको कारण रावल नै हुन् । त्यसैले ओलीले रावलसँगै सिधा कुरा गरेर पार्टी एकताको सुत्रबारे छलफल गरेका थिए । यसले माहोल पनि सकारात्मक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...