भीम रावल पनि ओली क्याम्पमा, एमालेमा नयाँ तरंग



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबैभन्दा आक्रामक बन्दै आएका थिए । तर, पछिल्लो केही दिनमा उनी नरम बन्दै गएका छन् । यसै हप्ता बालुवाटारमा ओलीले बोलाएपछि पुगेका रावलले गम्भीर कुराकानी गरेका थिए । उनले एमाले एकताको सूत्रबारे छलफल गरेको बुझिएको छ । ओलीले रावललाई मिलेर जाऔं भनेपछि माहोल सकारात्मक बन्दै गएको छ । एमालेको एकता कायम राख्नका लागि गठित कार्यदल पनि निकै सक्रिय भएको छ । कार्यदल ब्युँतिएपछि रावल पनि सक्रिय छन् ।

ओलीले पछिल्लो समय रावलको शक्ति देखे भोगेका छन् । माधव नेपाल पक्षधरमा रावल निकै शक्तिशाली देखिएका छन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । कर्णालीमा पनि उनले शक्ति देखाइसकेका छन् । सुदूरपश्चिमा ओली पक्ष अल्पमतमा छ । त्यहाँ भीम रावलको पकड देखिएको छ । संसदीय दलमा पनि उनकै बहुमत छ ।

सात प्रदेशमध्ये प्रदेश संसदीय दलमा सुदूरपश्चिममा मात्र माधव नेपाल पक्ष बहुमतमा छ । यसको कारण रावल नै हुन् । त्यसैले ओलीले रावलसँगै सिधा कुरा गरेर पार्टी एकताको सुत्रबारे छलफल गरेका थिए । यसले माहोल पनि सकारात्मक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...