न्यायाधीश बम कुमार श्रेष्ठ पुन: विवादमा



हाम्रो इकोनोमि

 

 

न्याय निरुपण गर्न छोडेर अरुको योजनामा चल्दा सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठ पटक पटक विवादमा आउने गरेका छन् । नेकपा विघटन गरी नेकपा एमाले र माओवादी ब्युत्याउने अप्रत्याशित फैसला गरेर विवादको शिखरमा पुगेका श्रेष्ठलाई पछिल्लो पटक संसद विघटनको मुद्दामा संवैधानिक ईजलासमा बस्न दिइएन् । संवैधानिक ईजलासबाट अपमानित भएर निस्किएका न्यायाधीश श्रेष्ठ राजनीतिक विषयमा प्रवेश गर्दा पुन: विवादमा तानिएका हुन् ।

पछिल्लो समय पूर्वमन्त्री प्रभु साह विरुद्धको षडयन्त्रमा उनले चासो देखाएको भन्दै चौतर्फी आलोचना र विरोध हुन थालेको छ । एक जना महिलाले प्रभु साहमाथि पैसा लिएको गलत आरोप लगाएको विषयमा समेत न्यायाधीश श्रेष्ठले अस्वभाविक चासो देखाएको प्रहरी स्रोतको भनाई छ । निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले सबैतिरबाट निराश भएपनि न्याय पाउने जनताको अन्तिम विश्वास न्यायालयमाथि नै हुने भएकोले आधारहीन विषयमा कुनै पनि न्यायमुर्ति संलग्न हुनु दुर्भाग्यपूर्ण हुने बताए । कुनै अमुक समुह वा नेताको राजनीतिक षडयन्त्रको हिस्सा बन्दै प्रहरीलाई दबाब दिने कार्य गर्दा जनताको न्यायालयप्रति विश्वासमा ह्रास आउने भएकोले यस्ता कार्यले न्याय पनि लज्जित हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...