सर्वोच्चले देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छु : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ । मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइनुभएको हो । उहाँले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र देउवाले सपथ खानेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो । यसअघि चितवन जानेक्रममा धादिङमा प्रचण्डले सर्वोच्चले २१ मन्त्रीको जागिर जाने सूचना पाएको भन्दै बोल्नुभएको थियो । त्यसको भोलिपल्ट अदालतले २१ मन्त्रीको जागिर खोसेको थियो ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...